लिग–२
नेपालले दोस्रो विकेट गुमायो, आसिफ शेख आउट
बुधबार, ०२ असोज २०८१, २१ : २९
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा ओमान विरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । आसिफ शेख २८ बलमा ११ रन बनाएर आउट भएका हुन् ।
नेपालले १०.३ ओभरमा २ विकेटको क्षतिमा २२ रन बनाएको छ । खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबिच हालसम्म कूल ७ खेल खेलिएका छन् । यसमध्ये चार खेलमा ओमानले नेपाललाई हराएको छ । बाँकी ३ खेलमा नेपालले ओमानलाई हराएको छ ।
क्यानडामा भइरहेको यस त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो । यो नेपालको दोस्रो खेल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
-
भैरहवा र पोखरा विमानस्थल चलाउन भारत–चीनसँग नेगोसिएसन भइरहेको छ: अर्थमन्त्री
-
डिजिटल प्रणाली ‘नागरिक चौतारी’ सञ्चालनमा ल्याउने सरकारको तयारी
-
पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने
-
सकियो ‘क्याप्टेन साब’को छायाङ्कन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण