चार बुँदे सुझावसहित नेसपा यादव समूहले दियो संविधान दिवसको शुभकामना
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसापा) महिन्द्र राय यादव समूहले सात वटा संविधानमध्ये अहिलेको संविधान अग्रगामी संविधान भएको बताएको छ । नवौँ संविधान दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै यादव समूहले कतिपय कमी कमजोरीका बाबजुद यो संविधान उत्कृष्ट भएको बताएको हो ।
जनताका अपेक्षा पूरा गर्न, राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न र आर्थिक समृद्धि हासिल गर्दै समाजवाद निर्माण गर्न राजनीतिक दल, संसद् र सरकार जसरी स्पष्ट बुझाई सहित अघि बढ्नुपर्ने हो त्यो देखिएको उल्लेख छ ।
‘कतिपय कमी कमजोरीका बाबजुद यो संविधान नेपालमा जारी भएका संविधानहरूमध्ये अग्रगामी संविधान हो । जनताका अपेक्षा पूरा गर्न, राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न र आर्थिक समृद्धि हासिल गर्दै समाजवाद निर्माण गर्न राजनीतिक दल, संसद् र सरकार जसरी स्पष्ट बुझाई सहित अघि बढ्नुपर्ने हो त्यो देखिएको छैन’, विज्ञप्तिमा उल्लेख छ ।
साथै संविधान संशोधनका विषयमा ४ बुँदे सुझाव दिएको छ । नेपाल र नेपालीको चाहना र आकांक्षा पुरा गर्न आवश्यक पर्दा सयौंचोटी संविधान संशोधन गर्ने आँट गर्नुपर्ने तर संशोधन प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी उपलब्धि हासिल गर्नका लागि हुनुपर्ने स्पष्ट पारेको छ । यस्तो छ चार बुँदे सुझाव
पहिलो– पूर्ण समानुपातिक संसद् र सङ्घमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था हुनुपर्छ ।
दोस्रो– पहिचानका पाँच र सामर्थ्यका चार आधार मा राज्य पुनर्संरचना हुनुपर्छ ।
तेस्रो– पुनर्संरचना हुन बाँकी न्यायपालिकालगायत राज्यका सबै अङ्गहरू समावेशी र समानुपातिक आधारमा पुनर्संरचना हुनुपर्छ ।
चौथो– नागरिकता सम्बन्धी विभेदको अन्त्य हुनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण