छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
चितवन, भरतपुर महानगरपालिका-२ लिलाचोकस्थित सडकमा शहीदचोकबाट पोखरा बसपार्कतर्फ जाँदै गरेको बा.प्र.०६-००२ प ३१४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राती दुर्घटना हुँदा मोटरसाइकल चालक नवलपरासी गैँडाकोट नगरपालिका-५ काङग्रेसचोक बस्ने २६ वर्षीय रबिन थापा र मोटरसाइकलमा सवार लमजुङ दुधपोखरी गाउँपालिका-६ बस्ने ४० वर्षीय पूर्ण बहादुर गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बारा, सुवर्ण गाउँपालिका-१ चरमोहनामा प्रदेश २-०३००त ३८५४ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँ बस्ने अजय सिंहको छोरा ४ वर्षीय साजन कुमार सिंहको शुक्रबार दिउँसो मृत्यु भएको छ । अजयले साजनलाई ट्याक्टरमा बसाई इँटा लोड गरी एक ठाउँबाट अर्को ठाउँमा सार्दै गर्दा ट्याक्टरबाट लडेका उनलाई ट्याक्टरको चक्काले कुल्चिदाँ घटनास्थलमै मृत्यु भएको हो ।
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित सडकमा बा.२६ प ६४०१ नम्बरको मोटरसाइकल प्र.१-०२-००३ ह ३५२१ नम्बरको सिटी रिक्सामा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ भारदह बस्ने २१ वर्षीय लक्ष्मन मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र सिटी रिक्साका चालकको भारदह अस्पतालमा उपचार भइरहेको छ ।
इलाम, रोङ गाउँपालिका-१ सिरिसेस्थित सडकमा मे.१ च ५९९९ नम्बरको पिकअप गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ६४ वर्षीया भिम माया राईको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको श्रीनिधी अस्पताल फिक्कल हुँदै बिएण्डसि अस्पताल झापामा थप उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण