दीपिकाको गर्धनबाट रणबीरको नामको ट्याटु गायब !
बलिउड नायिका दीपिका पादुकोणको गर्धनमा बनेको ट्याटुले विभिन्न समयमा चर्चा पाउने गरेको छ । पछिल्लो समय उनको ट्याटुको चर्चा फ्रान्समा आयोजना भइरहेको कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा भयो ।
गुलाबी रङको पहिरनमा उनले आफ्नो कपाललाई हाइ बन बनाएकी थिइन् । जसका कारण उनको गर्धनमा भएको ट्याटुको अवस्था कस्तो छ भनी छर्लङ्गै देख्न सकिन्थ्यो । ट्याटु एकाएक गायब भएपछि धेरैले दीपिकाले यसलाई हटाएको हुनसक्ने अनुमान गरे ।
वास्तवमा, उनले उक्त ट्याटु नहटाई विशेष प्रकारको मेकअपले त्यसलाई छोपेको बताइएको छ ।
विभिन्न अन्तर्वार्तामा दीपिकाले उक्त ट्याटु कहिले पनि नहटाउने बताउँदै आएकी छिन् । यद्यपी, उनी निकट श्रोतका अनुसार आर के लेखिएको उक्त ट्याटुको ‘के’ लाई फुलबुट्टा बनाएर छोपिएको छ भने ‘आर’ भने जस्ताको तस्तै छ ।
निकै कलात्मक ढङ्गले आर के लेखिएको उक्त ट्याटु दीपिकाले रणबीर कपुरसँग डेटिङका बेला बनाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण