गण्डकीको बर्खे अधिवेशन अन्त्य
मङ्गलबार, ०८ असोज २०८१, १० : १५
पोखरा । गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य भएको छ । बर्खे अधिवेशनको अन्तिम बैठक सोमबार बसेको थियो । बैठकले गण्डकी सरकारले प्रस्तुत गरेको संशोधन विधेयक सर्वसम्मत पारित गरेको छ भने मुख्यमन्त्रीले संसदलाई सम्बोधन गरेका थिए ।
यस्तै, स्वास्थ्य मन्त्री कृष्ण पाठक र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर केसीले मन्त्रालय अन्तर्गत उठेका प्रश्नको जवाफ दिए । अर्को अधिवेशन चाडबाड सकिएपछि बस्ने संसद सचिवालयले जनाएको छ ।
संविधान अनुसार संसद अधिवेशनको दुरी ६ महिना कट्न हुँदैन । बर्खे अधिवेशनबाट गण्डकीले चालू वर्षको नीति तथा कार्यक्रम र बजेट बनायो । यस्तै, मुख्यमन्त्रीले विश्वासको मत लिए भने केही ऐनहरू पारित भएका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरान विद्युत् कार्यालयको गाडी दुर्घटनाः दुईको मृत्यु, एक घाइते
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पछिल्लो एक हप्तामा आत्मदाहबाट तीन जनाले गुमाए ज्यान
-
हेटौँडा कपडा उद्योग : कार्यदलले बुझायाे प्रतिवेदन, परीक्षण उत्पादनको तयारी
-
मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण