घण्टौँ कुर्सीमा बसिरहनु हुन्छ ? होलान् है यस्ता समस्या
काठमाडौँ । आजको डिजिटल युगमा प्रायः हरेक पेसाका मानिसहरू कुर्सीमा बसेर लामो समयसम्म काम गरिरहन्छन् । यसरी बस्नु उनीहरूको शोख होइन, बाध्यता हो ।
घरबाट काम गर्नु परोस् वा अफिसबाट सातदेखि आठ घण्टा कुर्सीमा बस्नैपर्छ । लामो समय कुर्सीमा बसिराख्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसो गर्नु भनेको धेरै रोगलाई निम्तो दिनु हो । धेरैबेर कुर्सीमा बसेर काम गर्दा के–कस्ता रोगले असर गर्छ ? के के उपायहरू अपनाएर आफ्नो स्वास्थ्यलाई राम्रो राख्न सकिन्छ आजको लेखमा हामी यसैबारे कुराकानी गर्नेछौँ।
लामो समय कुर्सीमा बस्दा हुन सक्ने समस्याहरू
- गर्दनमा पीडा
लामो समय कुर्सीमा बसिरहँदा ढाड र घाँटीमा समस्या हुन सक्छ । लामो समयसम्म बस्दा मेरुदण्डमा दबाब पर्न सक्छ ।
- काँध अररो हुन्छ
लामो समयसम्म कुर्सीमा एउटा पोजिशनमा बस्दा काँध अररो हुन्छ । केही समयपछि यो समस्या स्थायी बन्छ ।
- मोटोपना
लामो समयसम्म बसिरहँदा हाम्रो शरीरमा क्यालोरी बर्न हुँदैन । जसका कारण तौल बढ्ने सम्भावना उच्च हुन्छ ।
- तनाव
कुर्सीमा लामो समयसम्म बस्दा मानसिक तनावको समस्या निम्तन्छ । कयौँ पटक डेडलाइन र हतारका कारण काम गरिरहेको समयमा केही मिनेटको ब्रेक पनि लिन नसक्ने स्थितिमा हामी हुन्छौँ । यसले तपाईंको स्वास्थ्यमा गहिरो असर पार्छ । जति बेला पनि थाकेको महसुस भइरहन्छ ।
कसरी बच्ने ?
- विश्राम लिने
काम गरिरहेको समयमा हरेक आधा/आधा घण्टामा पाँचदेखि १० मिनेटका लागि ब्रेक लिनुपर्छ । यसो गर्दा थकान कम हुन्छ भने शरीरमा रक्तसञ्चार नियमित रहन्छ ।
- सही कुर्सीको चयन
तपाईं जागिर खान हुन्छ र बसेर गर्नु पर्ने काम गरिरहनु भएको छ भने हरेक दिन सातदेखि आठ घण्टा त कुर्सीमा बस्नैपर्ने हुन्छ । । त्यसैले आफूलाई सजिलो हुने, बसाईको पोजिशनमा सहजता हुने खालको कुर्सीको छनोट गर्नु राम्रो हुन्छ । ताकि ढाडमा समस्या नहोस् । कुर्सी धेरै अग्लो पनि हुनुहुँदैन । पाइतालाले जमिनमा टेकेको हुनु पर्छ ।
- खानपान
बेला बेलामा पानी पिउने बहानामा भएपनि उठिरहनु होस् । यसो गर्दा मेटाबोलिजम त राम्रो हुन्छ नै शरीरले ताजापन पनि पाउँछ । ब्यागमा केही न न पोषणयुक्त खानेकुरा राखिरहनु होस् । अनि बेला बेलामा खाइरहनु होस् । यसो गर्दा पनि निरन्तर बसिरहँदा हुन सक्ने असर कम गर्न मद्दत मिल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण