सवारी दुर्घटनामा दुई जना पैदलयात्रीको मृत्यु
काठमाडौँ । कैलाली र झापा जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका-९ मसुरियास्थित सडकमा सु.प.प्र.०१-००१ क २४६४ नम्बरको बसको ठक्करबाट पैदलयात्री गौरीगंगा नगरपालिका-७ कम्दा बस्ने ८४ वर्षीय हर्क बहादुर बमको मृत्यु भएको छ । सोमबार दिउँसो बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल मसुरिया हुँदै निसर्ग अस्पताल धनगढी कैलालीमा थप उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता झापाको बिर्तामोड नगरपालिका-६ कुमारी चोकस्थित सडकमा प्र.१-०१-०१३ प २८०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-६ बुट्टाबारी बस्ने ६२ वर्षीय याम बहादुर लिम्बुको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण