खानपिन खर्च धान्न नसकेपछि पान्डा चीन फिर्ता पठाउँदैछ फिनल्यान्ड
हेल्सिन्की । फिनल्यान्डले यही नोभेम्बरमा २ वटा ठुला पान्डालाई चीन फिर्ता पठाउने भएको छ । खानपिनको खर्च धान्न नसकेर पाल्नै नसक्ने भएपछि फिनल्यान्डको एक चिडियाघरले ८ वर्ष अगावै पान्डा फिर्ता पठाउन लागेको हो ।
लुमी र पेरी नाम गरेका ती दुई पान्डालाई सन् २०१८ को जनवरीमा १५ वर्षका लागि फिनल्यान्ड पठाइएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङले फिनल्यान्ड भ्रमण गरेर गएको केही महिनापछि चीनले ती दुई पान्डा पठाएको थियो ।
सन् १९४९ मा स्थापना भएयता हरेक वर्ष गणतन्त्र चीनले पान्डा नीति अपनाउँदै आएको छ । विदेशी चिडियाघरमा पान्डा पठाउने गरिएको छ । तर तय भएको म्यादसम्म नराखीकन पान्डालाई फिर्ता पठाउन थालिएको अह्तारी चिडियाघरले भनेको छ ।
यो निजी क्षेत्रको चिडियाघर हो । पान्डाको खानपिन र चीनलाई बुझाउने शुल्क समेत गरेर बर्सेनि चिडियाघरको १५ लाख युरो खर्च हुने गरेको छ । पान्डाका कारण चिडियाघरमा आगन्तुकको सङ्ख्या बढ्ने आशा गरिएको थियो ।
तर कोरोना भाइरसको महामारीपछि आगन्तुक ठप्प हुँदा चिडियाघरको कर्जा चुलियो । महँगीमा भएको वृद्धिले खर्च बढाएर धान्नै नसक्ने भएपछि पान्डालाई फिर्ता पठाउन लागिएको हो ।
पान्डालाई फिर्ता पठाउनेबारे वार्ता समेत तीन वर्ष लम्बिएको थियो । अब भने यसबारे चीनसँग सहमति भएको चिडियाघर सञ्चालक कम्पनीका अध्यक्ष रिष्टो सिभोनेनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण