चीनले परीक्षण गर्यो लामो दूरीको क्षेप्यास्त्र
बेइजिङ । चीनले लामो दूरीको क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको छ । बुधवार बिहान प्रशान्त महासागरतर्फ चीनले अन्तरमहादेशीय ब्यालिष्टिक मिसाइल (आईसीबीएम) प्रक्षेपण गरेको हो ।
क्षेप्यास्त्र सिधै समुद्री क्षेत्रमा खसेको अनुमान गरिएको चीनको रक्षा मन्त्रालयले भनेको छ । यो नियमित परीक्षण भएको र आफ्नो वार्षिक तालिमको हिस्सा भएको पनि मन्त्रालयको भनाइ छ ।
मिसाइल कुन खालको थियो र यसले कस्तो बाटो समात्छ भन्ने अस्पष्ट भएको भनिएको छ । चीनको सरकारी सञ्चार माध्यमहरूले बेइजिङले पहिलो नै यसबारे अरू देशलाई सूचित गरेको बताएको छ ।
सन् १९८० को मेयता पहिलो पटक चीनले लामो दूरीको क्षेप्यास्त्रको परीक्षण गरेको थियो । यति लामो समयको अन्तरालमा गरेको परीक्षणलाई चीनले नियमित भनेपछि विश्लेषकहरू अचम्म मानेका छन् ।
चीनले परमाणु हतियारको परीक्षण घरेलु स्तरमा मात्रै गर्ने गरेको छ । यसअघि परीक्षण भएको आईसीबीएम आफ्नै भूभागमा खस्ने गरी गरिएको थियो । तर यसपटक सीमा बाहिर लक्षित गर्नुलाई पनि अर्को अर्थमा हेरिएको छ ।
परीक्षणका क्रममा कुनै पनि जहाजमा क्षति नपुगेको मन्त्रालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण