विवादास्पद सुसाइड क्याप्सुलको प्रयोग गरेर महिलाले मृत्यु रोजेपछि....
जुरिख । स्वीस प्रहरीहरूले आत्महत्या गर्न उक्साएको भन्दै कयौँ व्यक्तिलाई पक्राउ गरेका छन् । विवादास्पद सुसाइड क्याप्सुलको प्रयोग गरेर पहिलोपटक एक अमेरिकी महिलाले आफ्नो ज्यान लिएपछि प्रहरीले थुप्रैलाई समातेको हो ।
‘सर्को’ क्याप्सुल सोमबार मेरिशुखासेन नगरपालिकको जंगलमा पाइएकाे जर्मनीको सीमा नजिक रहेको श्खाफहसेनका प्रहरीले भनेको छ । ‘सरकारी वकिलहरूले आत्महत्यालाई प्रोत्साहन गरेको र सघाएको भन्दै कयौँ मान्छेविरुद्ध फौजदारी प्रक्रिया थालेको प्रहरीको विज्ञप्तिमा भनिएको छ । तर पक्राउ पर्ने वा मर्ने को–को हुन् भन्नेचाहिँ विज्ञप्तिमा केही पनि खुलाइएको छैन’ द लास्ट रिसोर्टका एक प्रवक्ताले भने ।
सो क्याप्सुल बनाउने ६४ वर्षकी अमेरिकी महिला भएको र उनी लामो समयदेखि निकै बिरामी रहेको र उनको मृत्यु भएको बताइएको छ । पक्राउ पर्नेमा द लास्ट रिसोर्टका सह–अध्यक्ष फ्लोरियन विलेट पनि छन् ।
अरूचाँहि एक जना डच पत्रकार र दुई स्वीस नागरिक हुन् । महिलाले आफ्नो ज्यान लिँदा विलेट त्यही भएको प्रवक्ताले भनेका छन् । प्रवक्ताले महिलाको मृत्युलाई शान्तिपूर्ण, छिटो र स–सम्मानित भनेका छन् ।
आत्महत्या गर्नु अघि महिलाको मानसिक अवस्थाको मूल्याङ्कन गरिएको थियो । तर सरकारी वकिलका प्रवक्ताले भने पक्राउ परेकाहरूको विवरण दिन वा पुष्टि गर्न अस्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण