डेंगु नियन्त्रणका कार्यक्रम थप सक्रिय बनाउँदै काठमाडौँ महानगरपालिका
बुधबार, ०९ असोज २०८१, १४ : ३३
काठमाडौँ । काठमाडौँ महानगरपालिका डेंगु नियन्त्रणका कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ । बुधवार बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।
बर्षायाममा साउन, भाद्र, असोज र कात्तिक महिनासम्म यस रोगको सङ्क्रमण दर तीव्र हुने गरेको विगत अभ्यासले देखाउँछ । यस अवधिमा महानगरले डेंगु रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन (रोगका लक्षण, उपचार, सावधानी) हटलाइन ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । अस्पताल जानुपरे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिन्छ ।
डेंगु रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको स्वास्थ्य प्रवर्धन केन्द्रमा पर्याप्त उपलब्ध गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण