ला लिगामा बार्सिलोनाको अपराजित यात्रामा पूर्णविराम
एस्टाडियो एल साडार । स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोना ओसासुनासँग स्तब्ध भएको छ । यो सिजन लिगमा टोलीको पहिलो हार हो ।
शनिबार राति भएको खेलमा बार्सा २–४ गोलले पराजित भयो । खेलको १८ औँ मिनेटमा एन्टे बुडिमिरले ओसासुनालाई अग्रता दिलाए । २८ औँ मिनेटमा ब्रायन जारागोजाले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको सुरुवातमा पाउ भिक्टरले बार्साका लागि एक गोल फर्काए पनि ७२ औँ मिनेटमा बुडिमिरले पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । ८५ औँ मिनेटमा अबेल ब्रेटोन्सले चौथो गोल गरे । ८९ औँ मिनेटमा लमिन यामालले बार्साका लागि दोस्रो गोल गरे पनि खेलमा फर्कन ढिला भइसकेको थियो ।
यसअघिका सबै सात खेल जितेको बार्सिलोनाले पराजयसँगै कुनै पनि लिग सिजनमा उत्कृष्ट सुरुवातको रेकर्ड बराबरी गर्ने अवसरबाट चुकेको छ ।
अब बार्साले च्याम्पियन्स लिगमा मंगलबार यङ ब्वाइजको आतिथ्य गर्नेछ । यसअघि टोली सुरुवाती खेलमा मोनाकोसँग पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण