केन घाइते हुँदा लेभरकुजनसँग रोकियो बायर्न
आइतबार, १३ असोज २०८१, ०६ : २६
एलायन्ज एरिना । उपाधिका दुई दाबेदार टोली बायर्न म्युनिख र बायर लेभरकुजनले बुन्डेस लिगामा १–१ गोलको बराबरी खेलेका छन् ।
शनिबार राति भएको खेलमा रोबर्ट एन्ड्रिचले ३१ औँ मिनेटमा साबिक विजेता लेभरकुजनलाई अग्रता दिलाएका थिए । तर, ८ मिनेटपछि अलेक्सान्डर पाभ्लोविचले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे ।
खेलको ८६ औँ मिनेटमा इंग्ल्याण्डका कप्तान ह्यारी केन घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए । एमिन अदलीको ट्याकलपछि उनी घाइते भए । म्यानेजर भिन्सेन्ट कोम्पानीले उनको अवस्था गम्भीर नहोस् भनेर आफूहरूले आशा गरेको बताएका छन् ।
बराबरीका बावजुद बायर्न ५ खेलबाट १३ अङ्क बटुल्दै लिग तालिकाको शीर्ष स्थानमा कायम छ । टोली हालसम्म अपराजित रहेको छ । लेभरकुजन भने १० अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण