अमेरिकामा आँधीका कारण मर्नेको सङ्ख्या ६४ पुग्यो
आइतबार, १३ असोज २०८१, १२ : १२
वासिङ्टन । दक्षिण पूर्वी अमेरिकामा आँधीका कारण मर्नेको सङ्ख्या बढ्दो छ । हेलेन आँधीका कारण त्यहाँ अहिलेसम्म कम्तीमा ६४ जनाको मृत्यु भइसकेको बताइएको छ ।
उत्तरी क्यारोलिनमा मात्रै कम्तीमा २५ जनाको मृत्यु भएको छ । हेलेन त्यहाँ सन् १९८९ यता आएको सबैभन्दा शक्तिशाली आँधी भएको बताइएको छ ।
आँधीका कारण फ्लोरिडामा ११ जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनामा ४०० भन्दा धेरै सडक बन्द भएका छन् भने दसौँ लाख मानिसहरू बिजुलीविहीन बस्न बाध्य भएका छन् ।
आँधीका कारण १५ अर्ब देखि २६ अर्ब डलर बराबरको सम्पत्ति क्षति भएको मूडिज एनालिटिक्सको अनुमान छ । हेलेनका कारण अमेरिकाभर ९५ अर्ब देखि १ खर्ब १० अर्ब डलर बराबरको क्षति भएको हुन सक्ने एक्यूवेदरको प्रारम्भिक अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण