नेपालद्वारा ओमानलाई एक सय ७७ रनको चुनौती
काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक ‘टि ट्वान्टी सिरिज’ क्रिकेटअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले एक सय ७६ रनको योगफल बनाएको छ ।
क्यानडाको किङ सिटीमा अहिले जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनाएको हो । यससँगै ओमानले जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको छ ।
नेपालको लागि गुल्शन झाले सर्वाधिक ४० रनको योगदान दिए । १७ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ४० रन बनाएका हुन् । त्यसैगरी कुशल मल्लले ३० रनको योगदान दिए । उनले २६ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३० रन बनाएका हुन् । आसिफ शेख र अनिल शाहले समान २७/२७ रन बनाए ।
आशिफले २२ बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाए भने अनिलले २१ बलमा तीन चौका र एक छक्काको मद्दतमा २७ रन जोडे । त्यस्तै, कुशल भुर्तेलले २० रन बनाए भने कप्तान रोहित पौडेल दुई रनमा आउट भए ।
बलिङतर्फ ओमानका अकिब इलियासले सर्वाधिक तीन विकेट लिए । त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । सिरिजमा यो नेपालको दोस्रो र ओमानको पहिलो खेल हो ।
ओमान अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
-
भैरहवा र पोखरा विमानस्थल चलाउन भारत–चीनसँग नेगोसिएसन भइरहेको छ: अर्थमन्त्री
-
डिजिटल प्रणाली ‘नागरिक चौतारी’ सञ्चालनमा ल्याउने सरकारको तयारी
-
पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने
-
सकियो ‘क्याप्टेन साब’को छायाङ्कन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण