हेड चम्किँदा इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियालाई शृङ्खला
ब्रिस्टल । अन्तिम एकदिवसीय खेलमा अस्ट्रेलियाले घरेलु टोली इंग्ल्याण्डलाई डीएलएस मेथडबाट ४९ रनले हराएको छ । जीतसँगै अस्ट्रेलियाले शृङ्खलामाथि ३–२ ले कब्जा जमाउन सफल भएको छ ।
इंग्ल्याण्डले प्रस्तुत गरेको ३ सय १० रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले २०.४ ओभरमा २ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो । वर्षाले खेल प्रभावित हुँदा टोली ११७ रनको पार स्कोरभन्दा धेरै अघि रहेको थियो ।
टोलीका लागि म्याथ्यु सर्टले सर्वाधिक ५८ रन बनाए । प्लेयर अफ द म्याच घोषित ट्राभिस हेडले ३१ रन बनाए । उनी प्लेयर अफ द सिरिज पनि बने ।

कप्तान स्टिभ स्मिथ ३६ रन तथा जोस इंग्लिस २८ रन बनाउँदै नटआउट रहे । इंग्ल्याण्डका लागि म्याथ्यु पट्स र ब्रेडन कार्सले १–१ विकेट लिए ।
यसअघि बेन डकेटको शतकको मद्दतले इंग्ल्याण्डले ४९.२ ओभरमा सबै विकेट गुमाएर ३ सय ९ रन बनाएको थियो । डकेटले ९१ बलमा १०७ रन जोडे ।
ओपनल फिल साल्टले ४५ रनको योगदान दिए । इंग्ल्याण्डले २५ औँ ओभरमा २ सय र पुरा गरिसकेको थियो । तर, कप्तान ह्यारी ब्रुक ७२ रन बनाएर आउट भएपछि इंग्ल्याण्डको इनिङ्स धर्मरायो । आदिल रसिदले ३६ रन बनाउनबाहेक अन्य ब्याटरले ठुलो योगदान दिन सकेनन् ।
अस्ट्रेलियाका लागि हेडले ४ तथा एरन हार्डी, एडम जाम्पा र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण