मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिइने
सोमबार, १४ असोज २०८१, ११ : १८
नयाँ दिल्ली । बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिइने भएको छ । केन्द्रीय सूचना र प्रसारण मन्त्री अश्विनी वैष्णवले ट्विट गर्दै यसको घोषणा गरेका हुन् ।
‘मिथुन दाको फिल्मी यात्रा निकै अद्भुत रहेको छ र यसले हाम्रा पुस्तौँ पुस्तालाई प्रेरणा दिनेछ । दादा साहेब फाल्केको निर्णायक मण्डलले दिग्गज अभिनेता मिथुन चक्रवर्तीलाई भारतीय सिनेमामा उनको महत्त्वपूर्ण योगदानको लागि यो सम्मान दिने घोषणा गरेको छ ।’ वैष्णवले ट्विटमा भनेका छन् ।
मिथुन चक्रवर्तीलाई यो सम्मान अक्टोबर ८ मा हुन लागे ७०औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा प्रदान गरिने छ । यो पुरस्कार भारतीय सिनेमाका पिता मानिने दादासाहेब फाल्केको नाममा दिइन्छ । दादासाहेब फाल्केको पूरा नाम धुण्डिराज गोविन्द फाल्के हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण