बागमती प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने मन्त्रीपरिषद्को निर्णय
मङ्गलबार, १५ असोज २०८१, २० : ४७
हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको चालु १४ औँ अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेशसभा अधिवेशन अन्त्यका लागि प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
बैठकले असोज १६ गते बुधबार रातको १२ बजेदेखि अधिवेशन अन्त्य हुने गरी सिफारिस गर्ने निर्णय गरेको मन्त्री लामिछानेले बताए ।
मन्त्री लामिछानेले २०८१ वैशाख ३१ गतेदेखि सुरु भएको वर्षे अधिवेशन संविधानको धारा १८३ को उपधारा २ बमोजिम अन्त्यका लागि सिफारिस गर्ने निर्णय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो हाफ सुरुः साबिक विजेता अर्जेन्टिना दबाबमा
-
विश्वकप फाइनलकै बिचमा बत्ती गयो, काठमाडौँका अधिकांश स्थान अन्धकार
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण