दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० वरीयतामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन् । पछिल्लो आईसीसी टी–२० वरीयताको अलराउन्डरतर्फ दीपेन्द्र विश्वकै दोस्रो स्थानमा उक्लिएका छन् ।
अघिल्लो वरीयताको तुलनामा चार स्थान माथि उक्लँदै दीपेन्द्र दोस्रो स्थानमा पुगेका हुन् । अन्तर्राष्ट्रिय टी–२० वरीयताको अलराउन्डरतर्फ इङ्ल्यान्डका लियाम लिभिङ्स्टोन पहिलो स्थानमा आसीन छन् । लिभिङस्टोनको दुई सय ५० अङ्क छ भने दीपेन्द्रको दुई सय ३० अङ्क रहेको छ ।
पछिल्लो टी–२० अलराउन्डर वरीयतामा अस्ट्रेलियाका मार्कुस स्टोइनिस तेस्रो र जिम्बाबेका सिकन्दर राजा चौथो स्थानमा आसीन छन् । पाँचौँ स्थानमा भने श्रीलंकाका वानिन्दु हसारंगा रहेका छन् । नेपाली खेलाडी कुशल मल्ल वरीयताको ४०औँ स्थानमा छन् । उनी विगतको तुलनामा ६ स्थान तल झरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण