सांसद शर्माको राउतलाई प्रश्न– आन्दोलनबाट अदालत किन प्रभावित हुन्छ ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई आन्दोलनबाट अदालत किन प्रभावित हुन्छ भन्दै प्रश्न गरेका छन् ।
बुधबारको संसदीय सुनुवाइ समितिको बैठकमा सांसद शर्माले सर्वोच्च अदालतको झ्यालबाट जुलुस हेरेर पनि फैसला हुने गरेको बताएका हुन् ।
उनले भने– बाटो बिस्तार भइरहेको अवस्थामा अदालतले निर्णय गरेपछि रोकिएर अलपत्र परेको छ, यस्ता कुरामा अदालतको ध्यान किन पुग्दैन ? आन्दोलनबाट प्रभावित भएर फैसला हुने गरेको अवस्था छ । सर्वोच्चको झ्यालबाट हेर्ने र जुलुस हेरेर पनि फैसला हुने गरेको छ ।
सांसद शर्माले तल्लो तहका नागरिकलाई आफ्नो तहका प्रमाणहरू बनाउन गाह्रो रहेको भन्दै कागजी प्रमाणलाई मात्रै हेर्दा धेरै अन्याय भएको उल्लेख गरे । उनले यसलाई सुधार गर्न आवश्यक रहेको बताए । जान्नेले कागजी प्रमाण बनाउने गरेको भन्दै उनले नजान्नेहरू अन्यायमा नपरुन् भन्ने कुरामा प्रस्तावित प्रधानन्यायाधीश राउतको ध्यानाकर्षण गराए ।
उनले भने,‘कतिपय अवस्थामा सरकारले रणनीति महत्त्वका निर्णय गर्नुपर्ने हुन्छ, त्यसको मर्म अदालतले किन बुझ्दैन ? समयमा निर्णय नगर्ने, पन्छाइदिने गरेको छ, जसले राज्यलाई ठुलो घाटा लाग्ने गरेको छ ।’
न्यायाधीशहरुलाई लबिङ गरेर राजनीतिक नेताहरूले आफ्नो पक्षमा निर्णय गराउन खोज्ने गरेको भन्दै संविधानको मर्म बुझेर मात्र निर्णय गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण