जापानी विमानस्थलमा दोस्रो विश्व युद्धताकाको बम पड्कियो
टोकियो । जापानको एउटा विमानस्थलमा विश्वयुद्धको समयमा अमेरिकाले फ्याकेको बम विष्फोट भएको छ । बुधबार दक्षिण पश्चिम जापानको मियाजाकी विमानस्थलमा सो बम विष्फोट भएको थियो ।
विष्फोटको समयमा आसपासमा कुनै विमान थिएन । ट्याक्सी हिँड्ने बाटोमा बम विष्फोट हुँदा खाल्डो बनेको छ । आत्मरक्षा बल र प्रहरीले गरेको अनुसन्धानपछि विष्फोट भएको बम ५०० पाउन्ड तौलको अमेरिकाले फ्याकेको बम भएको खुलासा भएको छ ।
विष्फोटपछि अरु खतरा नभएको बताइएको छ । बम के भएर पड्कियो भन्ने खोजी भइरहेको छ । विष्फोटका कारण ट्याक्सी वेमा ७ मिटर ब्यासको १ मिटर गहिरो खाल्डो परेको छ । यो घटनापछि विमानस्थलबाट हुने ८० वटाभन्दा धेरै उडान रद्द गरिएको मन्त्री परिषद्का मुख्यसचिव योशिमासा हायाशीले भनेका छन् ।
मियाजाकी विमानस्थल सन् १९४३ मा बनाइएको थियो । यसलाई पूर्वशाही जापानी हवाई सेनाको उडान तालिम क्षेत्रको रुपमा बनाइएको थियो । यस क्षेत्रमा दोस्रो विश्व युद्धयताका अमेरिकी सेनाले फ्याकेको तर विष्फोट भइनसकेका कयौं बम रहेको रक्षा मन्त्रालयका अधिकारीले भनेका छन् । जापानभर अझै पनि विश्वयुद्धको समयको सयौं टन विष्फोट नभएका बम पुरिएर बसेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण