मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
बिहीबार, १७ असोज २०८१, १९ : ४९
गोरखा । गोरखामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा४२प ७९८३ नम्बरको मोटरसाइकल आज गोरखा–आँबुखैरेनी सडकको गोरखा नगरपालिका–९, ठिगुरेस्वाँरामा अनियन्त्रित भएर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा भीमसेन थापा गाउँपालिका–२, तान्द्राङका ३४ वर्षीय मोटरसाइकल चालक टीकाराम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।
मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका लामिछानेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण