हैटीमा ग्याङ्ग हमला, कम्तिमा २० जनाको मृत्यु
पोर्ट–एउ– प्रिन्स । हैटीमा ग्याङ्ग हमलामा कम्तिमा २० जनाको मृत्यु भएको छ । यस घटनामा बालबालिका पनि परेको बताइएको छ । ग्रान ग्रिफ ग्याङ्गका सदस्यहरूले राजधानी पोेर्ट–एउ– प्रिन्सबाट उत्तर–पश्चिममा करिब ७१ किमि पर पर्ने मध्य आर्टिबोनाइट क्षेत्रको पोर्ट–सोन्डेमा जथाभावी आक्रमण गर्दा अरु ५० जना घाइते भएको बताइएको छ ।
भिडियो फुटेजमा मोटरबाइक सवार र पैदलै आएकाहरूको हिंसाबाट बच्न मानिसहरू भागाभाग गरिरहकेो देखाएको छ । यस आक्रमणलाई सरकारले नरसंहार भनेको छ । सशस्त्र समूहले हैटीको कयौं हिस्सा आफ्नो कब्जामा लिएका छन् । अहिलेसम्म यस घटनामा मर्नेको यकिन संख्या प्रकाशमा आएको छैन । तर स्थानीय सञ्चार माध्यमहरूले भने ५० जनाभन्दा धेरैको मृत्यु भएको बताइरहेका छन् ।
हैटीको मानवअधिकार समूहले भने यो संख्या २० वा सो भन्दा धेरै हुनसक्ने बताएको छ । ग्रान ग्रिफ हैटीको सबैभन्दा हिंस्रक अपराधिक समूहमध्ये एकमा पर्दछ । सन् २०२३ को जनवरीमा यसका सदस्यहरूले पोर्ट–सोन्डमा एउटा प्रहरी थानामा आक्रमण गरेर ६ जना प्रहरीको हत्या गरेका थिए ।
यो समूहमाथि हत्या, बालात्कार, लुटपाट र अपहरण आदिको आरोप लाग्दै आएको छ । अमेरिकाले यो समूहका संस्थापक र अहिलेका नेता दुवैलाई प्रतिबन्ध लगाएको छ । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण