दशौँ राष्ट्रिय खेलकुदबारे मुख्यमन्त्रीको प्रष्टीकरण : सदस्यसचिव हटाउने सोच छैन
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मङ्सिरमा कर्णालीमा हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विषयमा प्रष्टीकरण दिएका छन् ।
मुख्यमन्त्रीले प्रदेशका तर्फबाट गर्नुपर्ने दायित्व पुरा नरेको भन्दै आलोचना खेपिरहेका कँडेलले केन्द्रकै कारण अलमल भइरहेको बताए ।
शुक्रवार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘प्रदेशको सदस्य सचिव हटाउने कुरामा कुनै सोच नै छैन । तर विषयहरू बाहिर आएका छन् । त्यस्तो होइन । आयोजक केन्द्र सरकार हो, केन्द्र नै तत्पर नभएपछि हामीले गरेर मात्रै हुँदैन ।’
केन्द्र सरकारले नयाँ मिति घोषणा नगर्दासम्म प्रदेशले प्रतियोगिताको लागि हतार नगर्ने उनको भनाइ छ ।
आफूले हिजो प्रचण्ड नेतृत्वको सरकारको खेलकुद मन्त्रीदेखि अहिलेका खेलकुद मन्त्रीसँग समेत आफूले कुरा गरेको बताउँदै उनले भने, ‘उहाँहरू आफैमा अलमल हुनुहुन्छ ।’
प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने आन्तरिक तयारी कर्णालीले गरिरहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण