घटाइयो पोग्बामाथिको प्रतिबन्ध
शनिबार, १९ असोज २०८१, ०८ : २९
पेरिस । डोपिङमा असफलपछि पाउल पोग्बामाथि लगाइएको ४ वर्षको प्रतिबन्ध १८ महिनामा घटाइएको छ । कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस) मा गरिएको अपिलपछि यो निर्णय गरिएको हो ।
योसँगै ३१ वर्षीय युभेन्टसका मिडफिल्डरले जनवरी २०२५ देखि प्रशिक्षण सुरु गर्न सक्ने तथा मार्चदेखि खेलमा फर्कन पाउने बताइएको छ । परीक्षणमा फ्रान्सेली खेलाडीको टेस्टोस्ट्रोनको मात्रा बढी रहेको पाइएपछि गत फेब्रुअरीमा इटालीको नेसनल एन्टी डोपिङ ट्रिबुनलले उनलाई निलम्बन गरेको थियो ।
सीएएसका महानिर्देशक म्याथ्यु रिबले ११ सेप्टेम्बर, २०२३ देखि लागु भएको उनको प्रतिबन्ध १८ महिनामा झारिएको पुष्टि गरे । यता, एक विज्ञप्ति जारी गर्दै पोग्बाले आफ्नो ‘दुःस्वप्न’ अन्त्य भएको र आफ्नो सपना पुनः पछ्याउन पर्खिरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण