लिभरपुलको लगातार छैटौँ जित, एलिसन भने घाइते
शनिबार, १९ असोज २०८१, २१ : ३४
लण्डन । लिभरपुलले यो सिजन उत्कृष्ट सुरुवात जारी राख्दै सबै प्रतियोगितामा लगातार छैटौँ जित हात पारेको छ । शनिबार भएको प्रिमियर लिगको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई हराएको हो ।
खेलमा डिओगो जोटाले नवौँ मिनेटमा गरेको एक मात्र निर्णायक बन्यो । कोडी गाक्पोको पासलाई सदुपयोग गर्दै उनले टोलीलाई जित दिलाए ।
खेलको अन्त्यतिर गोलकिपर एलिसन भने घाइते हुँदै मैदान छाड्न बाध्य भए । ३२ वर्षीय ब्राजिलियन खेलाडीलाई ७९ औँ मिनेटमा ह्यामस्ट्रिङमा समस्या देखिएको थियो । प्रशिक्षक आर्ने स्लटका अनुसार उनी केही हप्ता मैदान बाहिर रहन सक्नेछन् ।
७ खेलपछि लिभरपुलको १८ अङ्क रहेको छ । क्रिस्टल प्यालेस भने मात्र ३ अङ्कसहित रेलिगेसन क्षेत्रमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण