मुनीको प्रेरणामा अस्ट्रेलियाको विजयी सुरुवात
लण्डन । श्रीलंका लागि हराउँदै अस्ट्रेलियाले आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । यूएईमा जारी प्रतियोगिता अन्तरगत शनिबार भएको समूह एको खेलमा अस्ट्रेलिया ६ विकेटले विजयी बन्यो ।
बेथ मुनीको प्रेरणामा अस्ट्रेलियाले श्रीलंकाले प्रस्तुत गरेको ९४ रनको लक्ष्य ३४ बल अगावै पछ्यायो । मुनीले मात्र ३८ बलमा ४३ रन जोडिन् । उनले यस क्रममा ४ चौका प्रहार गरिन् । एलिसे पेरीले १७ रन तथा एस्ली गार्डनरले १२ रनको योगदान दिइन् । श्रीलंकाका लागि उदेशिका प्रबोधानी, इनोका रानाविरा र सुगन्धिका कुमारीले १–१ विकेट लिइन् ।
यसअघि श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९३ रन बनाएको थियो । श्रीलंकाका लागि निलकसिका सिल्भाले सर्वाधिक २९ रन बनाइन् । त्यस्तै, हर्षिथा समराविक्रमाले २३ रनको योगदान दिइन् ।
अस्ट्रेलियाका लागि मेगन स्कुटले ३, सोफी मोलिनक्सले २ तथा एलिसा गार्डनर र जर्जिया वेरहामले १–१ विकेट लिइन् । श्रीलंकाको यो लगातार दोस्रो हार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण