लियोनार्दोको गोलमा इन्टर मियामीको रोमाञ्चक जित
काठमाडौँ । अमेरिकी व्यवसायिक लिग फुटबल ‘मेजर लिग सकर’ को आफ्नो पछिल्लो खेलमा लियोनल मेस्सी आबद्ध क्लब इन्टर मियामीले रोमाञ्चक जित हासिल गरेको छ । इन्टर मियामीले आइतबार विहान सम्पन्न खेलमा टोरन्टोमाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।
उक्त खेल टोरन्टोको घरेलु मैदानमा खेलिएको थियो । खेल निकै प्रतिस्पर्धात्मक थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफको इन्जुरी समयमा इन्टर मियामीले निर्णायक गोल गरेको थियो ।
इन्टर मियामीका लागि लियोनार्दो काम्पानाले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेका थिए । उनले स्टार खेलाडी लुइस स्वारेजको पासमा गोल गरेका हुन् । जितसँगै इन्टर मियामीले लिग तालिकामा आफ्नो अग्रता फराकिलो बनाएको छ ।
उक्त खेलमा प्रभावशाली अर्जेन्टिनी खेलाडी लियोनल मेस्सी ६१औँ मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका थिए । इन्टर मियामीले ३३ खेलबाट ७१ अंक बटुलेको छ । इन्टर मियामीले हालसम्म २१ जित, आठ बराबरी र चार हारको नतिजा निकालेको छ ।
तालिकाको दोस्रो स्थानमा आसिन कोलम्बसले ३२ खेलबाट ६० अंक जोडेको छ । ३४ खेल खेलेको टोरन्टो भने ३७ अंकसहित तालिकाको १०औँ स्थानमा आसिन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण