इजरायली हवाई आक्रमणबाट गाजामा १७ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा विभागले जबलियामा इजरायली हवाई आक्रमण हुँदा नौ बालबालिकासहित कम्तीमा १७ जनाको मृत्यु भएको जनाएको छ ।
इजरायलमा अक्टोबर ७ मा हमासको अभूतपूर्व आक्रमणपछि इजरायली सेनाले उग्रवादी समूहलाई पूर्ण रूपमा नष्ट गर्ने लक्ष्यसाथ गरेको निरन्तर आक्रमणले गाजाको ठूलो भाग भग्नावशेषमा परिणत भएको छ ।
हालैका महिनाहरूमा, इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रका विभिन्न सहरहरु कब्जा गरेका छन् र हमास विरुद्ध कारवाही सञ्चालन गरिरहेका छन् । इजरायली सेनाले आइतबार आफ्नो सेनाले उत्तरी गाजाको जबलिया क्षेत्रलाई घेराबन्दी गरेको बताएको छ ।
“इजरायली सेनाले उक्त क्षेत्रलाई सफलतापूर्वक घेरेका र हाल उक्त क्षेत्रमा सक्रिय छन्”, सेनाले आइतबार एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
हमासद्वारा सञ्चालित गाजाका नागरिक सुरक्षा विभागका प्रवक्ता महमुद बस्सलले जबलियामा रातारात हमला भएको बताए। “जबालियामा भएको इजरायली हवाई आक्रमणमा नौ बालबालिकासहित १७ जना मारिएका छन्”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने