इजरायली हवाई आक्रमणबाट गाजामा १७ जनाको मृत्यु
गाजा । गाजाको नागरिक सुरक्षा विभागले जबलियामा इजरायली हवाई आक्रमण हुँदा नौ बालबालिकासहित कम्तीमा १७ जनाको मृत्यु भएको जनाएको छ ।
इजरायलमा अक्टोबर ७ मा हमासको अभूतपूर्व आक्रमणपछि इजरायली सेनाले उग्रवादी समूहलाई पूर्ण रूपमा नष्ट गर्ने लक्ष्यसाथ गरेको निरन्तर आक्रमणले गाजाको ठूलो भाग भग्नावशेषमा परिणत भएको छ ।
हालैका महिनाहरूमा, इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रका विभिन्न सहरहरु कब्जा गरेका छन् र हमास विरुद्ध कारवाही सञ्चालन गरिरहेका छन् । इजरायली सेनाले आइतबार आफ्नो सेनाले उत्तरी गाजाको जबलिया क्षेत्रलाई घेराबन्दी गरेको बताएको छ ।
“इजरायली सेनाले उक्त क्षेत्रलाई सफलतापूर्वक घेरेका र हाल उक्त क्षेत्रमा सक्रिय छन्”, सेनाले आइतबार एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
हमासद्वारा सञ्चालित गाजाका नागरिक सुरक्षा विभागका प्रवक्ता महमुद बस्सलले जबलियामा रातारात हमला भएको बताए। “जबालियामा भएको इजरायली हवाई आक्रमणमा नौ बालबालिकासहित १७ जना मारिएका छन्”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण