लेबनानको सीमामा भिडन्तका क्रममा एक इजरायली सैनिकको मृत्यु
बेरुत । लेबनान सीमामा भएको भिडन्तका क्रममा आफ्ना एक सैनिकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । अरु दुई सैनिक घाइते भएको बताइएको छ ।
यसैबिच, इरान समर्थित हिजबुल्लाहविरुद्ध इजरायली सेनाको जमिनबाट सैन्य कारबाही सोमबार पनि जारी छ ।
इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले गाजामा रहेको हमासको ठेगानाहरूमा आक्रमण गरिरहेको इजरायली सेनाका प्रवक्ताले बताएका छन् । गाजाको दक्षिणी क्षेत्रबाट इजरायलतर्फ चारवटा मिसाइल प्रहार गरेको इजरायली सेनाले जनाएको छ । तर, इजरायली वायुसेनाले तीमध्ये तीनवटा मिसाइललाई असफल बनाएको थियो ।
एउटा क्षेप्यास्त्र खाली ठाउँमा खसेको थियो । इजरायलका धेरै ठाउँहरूमा मानिसहरूले अक्टोबर सातको सम्झनामा शोक र प्रदर्शन गरिरहेका छन् । गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । जसमा करिब १२ सय जनाको मृत्यु भएको थियो । सोही दिन हमासले २५१ जनालाई बन्धक बनाएर लगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण