रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर युवकको मृत्यु
मङ्गलबार, २२ असोज २०८१, १२ : ५६

रौतहट । रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ। स्थानीय यमुनामाई गाउँपालिका ५ मिठुअबा गाउँका २६ वर्षीय अस्लोक कुमार महतोको करेन्ट लागेर मृत्यु भएको हो।
युवक अस्लोक कुमारलाई आफ्नै खेतमा धान बालीमा पानी हाल्न जडान गरिएको मोटरको तार जोडने क्रममा करेन्ट लागेको थियो । उपचारको लागि शिवदर्शण अस्पताल सुकदेव चोकमा ल्याइएकोमा गएराति चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरूद्ध न्याय परिषद्मा उजुरी
-
काठमाडौँ महानगरले गर्यो अस्पताललाई ५० हजार जरिवाना
-
राष्ट्रिय गौरवका आयोजना नीति तथा कार्यक्रममा किन समेटिएन ?
-
फेवातालमा पर्यटक सवार डुङ्गा पल्टियो
-
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले गर्यो अनिश्चितकालीन आन्दोलनको घोषणा
-
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता