कङ्गोबाट यसवर्ष मात्रै लगभग दश लाख मानिस विस्थापित : राष्ट्रसंघ
जेनेभा । लोकतान्त्रिक गणतन्त्र कंगोका करिब दश लाख मानिसहरू यस वर्ष आफ्नो घरबाट विस्थापित भएका संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार बताएका छन् ।
अप्रिलमा कंगोको भ्रमण गरेका टर्कले संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई मध्यअफ्रिकी देश बढ्दो हिंसा, शोषणकारी नियम र कानूनको कमजोर शासनजस्ता समस्याबाट ग्रसित भएको जानकारी दिएका थिए ।
उनले कङ्गोमा मानव अधिकार उल्लङ्घनका पीडितहरूको सङ्ख्या बढ्दै गएको जसमध्ये ८५ प्रतिशत दुर्व्यवहार द्वन्द्व प्रभावित पूर्वी क्षेत्रमा रहेको बताएका थिए ।
त्यसैगरी उनले विभीन्न सशस्त्र समुहलाई बढ्दो दुर्व्यवहारको लागि दोषी ठहराएका थिए । “सशस्त्र समुहले अपहरण गर्ने, बन्दी बनाउँने र महिला एवं युवतीलाई यौन दासत्वको अधीनमा राख्ने गरेका छन् । धेरैको बलात्कारपछि हत्या गरिएको छ । सबै मामिलाहरू निश्चित रूपमा रिपोर्ट गरिँदैनन् । यो अत्याचार हो”, टुर्कले भने ।
“मानवीय स्रोतका अनुसार यस वर्ष ९ लाख ४० हजार भन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्, आन्तरिक रूपमा विस्थापित मानिसहरूको कुल सङ्ख्या ६४ लाख भन्दा बढी पुगेको छ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण