एलिस्टर कुकको नामबाट जो रुटको नाममा सर्यो यो कीर्तिमान ...
काठमाडौँ । इङ्गल्यान्डका प्रभावशाली ब्याट्सम्यान जो रुट आफ्नो देशका लागि सर्वाधिक टेस्ट रन बनाउने खेलाडीका रूपमा दरिएका छन् । उनले हाल मुल्तानमा जारी घरेलु टोली पाकिस्तानविरुद्धको पहिलो टेस्ट क्रिकेटको तेस्रो दिन बुधबार यस्तो कीर्तिमान बनाएका हुन् ।
३३ वर्षीय रुटले इङ्गल्यान्डका पूर्वकप्तान एलिस्टर कुकको कीर्तिमान तोडेका हुन् । यसअघि कुक इङ्गल्यान्डका लागि सर्वाधिक टेस्ट रन बनाउने ब्याट्सम्यान थिए । यसका अतिरिक्त रुट विश्व टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि पाँचौँ स्थानमा उक्लिएका छन् ।
विश्व टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा भारतका पूर्वखेलाडी सचिन तेन्दुल्कर पहिलो स्थानमा आसीन छन् । आफ्नो समयका प्रभावशाली खेलाडी सचिनले टेस्ट क्रिकेटमा १५ हजार नौ सय २१ रन बनाएका छन् ।
यसैगरी, यो सूचिमा दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले १३ हजार तीन सय ७८ रन बनाएका छन् । तेस्रो स्थानमा रहेका दक्षिण अफ्रिकाका पूर्वखेलाडी ज्याक कालिसले १३ हजार दुई सय ८९ रन बनाएका छन् ।
सर्वाधिक टेस्ट रन बनाउने ब्याट्सम्यानको सूचिमा चौथो स्थानमा भारतका पूर्वखेलाडी राहुल द्रविड रहेका छन् । द्रविडले आफ्नो सक्रिय खेलजीवनमा टेस्ट क्रिकेटमा १३ हजार दुई सय ८८ रन बनाएका थिए ।
यो सूचिमा माथिल्लो पाँच स्थानमा रहेका ब्याट्सम्यानमध्ये रुटमात्र हालसम्म खेलजीवनमा सक्रिय रहेका छन् । यो सूचिमा पनि रुट आफ्नै देशका कुकलाई उछिन्दै पाँचौँ स्थानमा उक्लिएका हुन् । कुकले सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि टेस्ट क्रिकेटमा १२ हजार चार सय ७२ रन बनाएका थिए ।
पाकिस्तानविरुद्धको पहिलो टेस्टको तेस्रो दिन रुट अविजित ८६ रन बनाउँदै क्रिजमा छन् । उनी सतकबाट केवल १४ रन पछाडि छन् । थप १४ रन बनाएमा उनले टेस्ट क्रिकेटमा आफ्नो ३४औँ सतक पुरा गर्नेछन् । रुटले सन् २०१२ को डिसेम्बरमा नागपुरमा भारतविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । पाकिस्तानविरुद्धको जारी टेस्ट उनको खेलजीवनको एक सय ४७औँ टेस्ट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीले कृषि विकासका लागि २ अर्ब बजेट छुट्ट्यायो
-
प्रधानमन्त्री देशको भन्दा छिमेकीको पक्षमा उभिए : शंकर पोखरेल
-
बागमती प्रदेशले ६ अर्ब ५१ करोड रुपैयाँ वित्तिय हस्तान्तरण गर्ने
-
‘करको दर हेरफेर गर्ने अर्थमन्त्री वाग्लेले तत्काल राजीनामा दिनुपर्छ’
-
बागमती सरकारले विपन्न परिवारलाई आवास उपलब्ध गराउने
-
सुरु भयो कर्णालीको बजेट भाषण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण