पोखारियाको आन्दोलनप्रति महतोको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोले पर्सा जिल्लाको पोखरीया नगरपालिकामा केही दिनदेखि भइरहेको आन्दोलनप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । अध्यक्ष महतोले राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रीय नेता नेजामुद्दिन समानीको अगुवाइमा असोज १३ गतेदेखि भइरहेको अनिश्चितकालीन धर्नाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
जिल्लाको दोस्रो सदरमुकामको रूपमा परिचित पोखरीयामा केही सरकारी कार्यालय तथा अस्पताल लग्ने सम्झौता यसअघि नै भएको तर अहिलेसम्म सरकारी कार्यालय नलगिएको भन्दै नेता समानीले आन्दोलन सुरु गरेका छन् ।
अध्यक्ष महतोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रमा एकजना जनता पनि कुनै विषयमा असन्तुष्ट भई आफ्नो माग मुद्दा अगाडि सारे राज्यले तत्काल सम्बोधन गर्नुपर्दछ । तर आज ११ दिन देखि लगातार पोखरीयावासी आन्दोलनमा बस्दा पनि तीनै तहको सरकार मौन बस्नुले गैरजिम्मेवारीको हद नाघेको छ ।’
जनताको आधारभूत आवश्यकता र दैनिक कामकाज सहज बनाउने उद्देश्यले राखिएका सबै माग मुद्दाहरू तत्काल वार्ता र संवादको माध्यमले समाधान गर्न सरकारसँग उनले आग्रह गरेका छन् ।
रोम जलिरहँदा निरोहरुले बाँसुरी बजाएर बसेको जस्तो व्यवहार नगर्न सचेत गराउँदै अध्यक्ष महतोले अन्यथा यसबाट उत्पन्न हुने भयानक र असहज स्थितिको लागि तीनै तहको सरकार जिम्मेवार हुनुपर्ने चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण