५० लाख डलर जरिवाना तिरेपछि ब्राजिलमा चल्न थाल्यो एक्स
रियो द जेनरियो । ब्राजिलको सर्वोच्च अदालतले माइक्रो ब्लगिङ वेबसाइट एक्समाथि लगाएको प्रतिबन्ध हटाएको छ । ‘तत्कालै लागू हुने गरी ब्राजिलमा एक्सलाई फर्कन अनुमति दिएको’ आफ्नो फैसलामा न्यायाधीश आलेक्जान्द्रे दि मोराएसले भनेका छन् ।
ठुलो जरिवाना तिरेको अनि गलत सूचना फैलाएको आरोप लागेका खाताहरू ब्लक गरेपछि त्यहाँ एक्स चल्न थालेको हो । ५१ लाख डलर जरिवाना तिर्न राजी हुँदै कम्पनीले ब्राजिलको कानुन अनुसार त्यहाँ स्थानीय प्रतिनिधि राख्न मानेपछि मात्रै प्रतिबन्ध फुकाइएको हो ।
सन् २०२२ मा ब्राजिलमा भएको राष्ट्रपति निर्वाचनमा गलत सूचना फैलाएको ठानिएका कयौँ खाताहरूलाई ब्लक गर्न नमानेपछि मोरायसले एक्समाथि प्रतिबन्ध लगाएका थिए । २४ घण्टाभित्रै एक्सको सेवा सुरु गर्न अदालतले दूरसञ्चार नियामक एनाटेललाई आदेश दिएको छ ।
महिनौँसम्म अदालतको आदेश बेवास्ता गरेपछि मस्कले अगस्टको अन्त्यमा ब्राजिलको कार्यालयमा काम गर्ने कर्मचारीहरूलाई कामबाट निकालेर कार्यालय नै बन्द गरेका थिए । ब्राजिलमा एक्सको सेवा बन्द गर्ने निर्णय निकै गाह्रो भएको मस्कले त्यतिबेला एउटा पोस्टमा लेखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारकालाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण