यात्रुवाहक बसको ब्रेक फेल भएर दुर्घटना, दुई वटा गाडीसँग ठोक्कियो
बुधबार, २३ असोज २०८१, २१ : ४७
मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ४ गोल्पिङबेसीमा यात्रुबाहेक बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।
बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बस ब्रेक फेल भएर दुर्घटना हुँदा ३५ जना घाइते भएका हुन्। गम्भीर घाइते ६ जनालाई उपचारको लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बा ३ ख २७२३ नम्बरको उक्त बस सुरुमा हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सीसँग ठोक्किएको थियो । त्यसपछि पुन: हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज ८० नम्बरको अर्को ट्याक्सीमा समेत ठोक्किएको थियो ।
दुई गाडीसँग ठोक्किएर बस सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण