बिग बोसको ‘गधा’ सलमान खानका लागि समस्या
बुधबार, २३ असोज २०८१, २१ : ५४
मुम्बई । पिपल फर द एथिकल ट्रीटमेन्ट अफ एनिमल्स (पेटा) इन्डियाले बुधबार बलिउड अभिनेता सलमान खानलाई पत्र लेखेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार सलमान खानलाई ‘बिग बोस १८’ को सेटबाट गधा हटाउन अपिल गरिएको हो ।
खानलाई पठाएको पत्रमा पेटा इन्डियाले गधाको प्रयोगप्रति चिन्ता व्यक्त गरेको छ । रियालिटी शो ‘बिग बोस १८’ मा ‘गधराज’ १९ औँ प्रतियोगीका रूपमा प्रस्तुत भएका छन् ।
(पेटा) इन्डियाका प्रतिनिधि शौर्य अग्रवालले सलमान खानलाई लेखेको पत्रमा भनिएको छ, ‘उहाँले आफ्नो प्रभाव प्रयोग गरेर शोका निर्माताहरूलाई मनोरञ्जनका लागि जनावरहरू प्रयोग नगर्न अनुरोध गर्नुपर्दछ। यसले जनावरहरूलाई तनाव र दर्शकहरूलाई असुविधा मात्र रोक्दैन, एउटा बलियो उदाहरण पनि बन्ने छ।"
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण