बाबरसहित शाहिन, नसिम र सरफराज इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्टबाट आउट
इस्लामाबाद । पाकिस्तान र इंग्ल्याण्डबिच जारी टेस्ट सिरिजको पहिलो खेलमा इंग्ल्याण्डसँगको लज्जास्पद हारपछि पाकिस्तानले टेस्ट टोलीमा धेरै परिवर्तन गरेको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले बाबर आजम, शाहीन शाह अफ्रिदी, नसिम शाह र सरफराज अहमदलाई दोस्रो र तेस्रो टेस्टका लागि टोलीबाट हटाएको हो।
पाकिस्तान र इंग्ल्याण्डबीचको मुल्तानमा भएको पहिलो टेस्ट म्याचमा पाकिस्तान एक इनिङ्स र ४७ रनले पराजित भएको थियो । यस खेलको पहिलो इनिङ्समा पाकिस्तानले ५५६ रन बनाएर पनि पराजित भएको थियो ।
यो खेलमा बाबर आजमले खास केही गर्न सकेनन् । उनले पहिलो इनिङ्समा ३० रन र दोस्रो इनिङ्समा पाँच रन मात्र बनाएका थिए ।
दोस्रो र तेस्रो टेस्ट खेलका लागि पाकिस्तानको टोलीमा गरिएका परिवर्तनहरू यस प्रकार छन्- शान मसूद (कप्तान), साउद शकील (उपकप्तान), आमिर जमाल, अब्दुल्ला शफिक, हसिबुल्लाह (विकेटकिपर), कामरान गुलाम, मेहरान मुमताज, मिर हम्जा, मोहम्मद अली, मोहम्मद हुरैरा, मोहम्मद रिजवान (विकेट), नोमान अली, साम अयुब, साजिद खान, सलमान अली आगा र जाहिद महमूद।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण