भरतपुर अस्पताल : अन्य समयमा भन्दा दसैँका अवधिमा प्रसूति सेवा लिने धेरै
चितवन । भरतपुर अस्पतालमा दसैँको टीकाको दिनमा १५ जनाले प्रसूति सेवा लिएका छन् । २४ घण्टाका अवधिमा १० जनाले सामान्य र पाँच जनाले शल्यक्रिया मार्फत् शिशु जन्माएका हुन् ।
वडादसैँंको समयमा बर्थिङ सेन्टर, हेल्थपोष्टमा चिकित्सकको अभाव हुने हुँदा यहाँको सरकारी भरतपुर अस्पतालमा प्रसूति सेवाका बिरामीको चाप बढ्ने गर्दछ । कतिपय निजी साना अस्पतालमा दसैंँको बेलामा आकस्मिक सेवासमेत दिन कठिन हुने गर्दछ । चाप बढ्ने भएपछि भरतपुर अस्पतालले त्यसको तयारी गरेको थियो । अस्पतालको प्रसूति विभागका प्रमुख प्राडा सुनिलमणि पोखरेल चिकित्सकलाई पालो मिलाएर तयारी अवस्थामा राखिएकाले प्रसूति सेवा दिन सहज भएको बताए । उनले भने, “चितवनसहित छिमेकी जिल्लाबाट समेत दसैँको समयमा अन्य समयको भन्दा बढी प्रसूति सेवा लिन आउँछन् ।”
उनका अनुसार गोरखा, लमजुङ, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), मकवानपुर, धादिङ्लगायतका जिल्लाबाट यहाँ प्रसूति सेवा लिन बिरामी आउने गर्दछन् । भरतपुर अस्पतालको प्रसूति विभागमा दैनिक ३० देखि ३५ जनाले प्रसूति सेवा लिने गर्दछन् । तीमध्ये आधाको शल्यक्रिया गर्नुपर्ने हुन्छ । हेल्थपोष्टलगायत साना अस्पतालमा सामान्य प्रसूति हुन नसक्ने भएपछि यहाँ रिफर भएर आउने भएकाले शल्यक्रिया गर्नुपर्नेको सङ्ख्या धेरै हुने गरेको प्राडा पौडेलले बताए ।
अस्पतालमा १३ जना विशेषज्ञ चिकित्सक, चार जना आवासीय चिकित्सक र पाँच जना तालिम प्राप्त मेडिकल अधिकृत रहेका छन् । सँगै ३२ जना तालिमप्राप्त नर्सिङ् स्टाफ रहेको उनको भनाइ छ । प्रसूतिका लागि दक्ष समूह रहेको भन्दै पोखरेलले दसैँंको समयमासमेत सेवा नरोकेको बताए ।
अस्पतालले वर्षमा १२ हजार हाराहारीलाई प्रसूति सेवा दिने गरेको छ । पछिल्ला वर्षमा सङ्ख्या घट्दै गएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले दसैँको समयमा अस्पतालको आकस्मिक सेवासहित प्रसूति सेवा सूचारु गरिएको बताए। आकस्मिक रुपमा गर्नुपर्ने प्रसूतिलगायत अन्य शल्यक्रिया नरोकिएको उनको भनाइ छ ।
भरतपुर अस्पताल प्रसूति सेवामा अब्बल मानिन्छ । प्रसूति गराउनेका लागि पहिलो प्राथमिकतामा भरतपुर अस्पताल पर्दछ । निजी अस्पतालमा भन्दा प्रसूति गराउन भरतपुर अस्पतालमा सुरक्षित मान्ने गरिन्छ । यहाँ २० शय्याको बाल सघन उपचार (एनआईसियू) कक्षसमेत रहेको छ । सरकारीमा प्रसूति गराउँदा राम्रो सेवा र कम खर्च हुने भएपछि अन्य समयमा पनि आकर्षण बढी हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण