विदेशी मुद्राको सञ्चिति साढे २१ खर्बभन्दा माथि, १६.८ महिनाको आयात धान्ने
काठमाडौँ । नेपालसँग भएको विदेशी मुद्राको सञ्चिति साढे २१ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार भदौ मसान्तसम्म यस्तो सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो । दुई महिनाअघि असार मसान्तमा विदेशी मुद्राको सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो ।
यसमध्ये नेपाल राष्ट्र बैंकसँग १९ खर्ब २८ अर्ब ९९ करोड पुगेको र बैंक तथा वित्तीय संस्थासँग २ खर्ब २३ अर्ब ५३ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।
यो सञ्चितिले १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको आयातलाई आधार मानेर यस्तो अनुमान गरिएको हो ।
यो सञ्चिति कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातसँग क्रमशः ३७.७ प्रतिशत, ११४.४ प्रतिशत र ३०.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण