विदेशी मुद्राको सञ्चिति साढे २१ खर्बभन्दा माथि, १६.८ महिनाको आयात धान्ने

काठमाडौँ । नेपालसँग भएको विदेशी मुद्राको सञ्चिति साढे २१ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार भदौ मसान्तसम्म यस्तो सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो । दुई महिनाअघि असार मसान्तमा विदेशी मुद्राको सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो ।
यसमध्ये नेपाल राष्ट्र बैंकसँग १९ खर्ब २८ अर्ब ९९ करोड पुगेको र बैंक तथा वित्तीय संस्थासँग २ खर्ब २३ अर्ब ५३ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।
यो सञ्चितिले १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको आयातलाई आधार मानेर यस्तो अनुमान गरिएको हो ।
यो सञ्चिति कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातसँग क्रमशः ३७.७ प्रतिशत, ११४.४ प्रतिशत र ३०.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल