डेनीले ४३ वर्षपछि शोलेमा ‘गब्बर’को भूमिका छोड्नुको कारण खुलाए
थुप्रै फिल्ममा भिलेनको भूमिका निर्वाह गर्ने डेनी डेन्जोंगपा यस वर्ष तीन फिल्ममा देखा पर्दैछन् । डेनीको ‘बायोस्कोपवाला’, ‘मणिकर्णिकाः क्वीन अफ झांसी’ र ‘ब्याटल अफ सारागढी’ रिलिज हुने तयारीमा छन् ।
उनलाई अन्तिम पटक एक वर्ष अघि रिलिज भएको फिल्म ‘नाम शबाना’ मा देखिएको थियो । यद्यपी, यसमा उनको सानो भूमिका थियो ।
तपाईंमध्ये धेरैलाई थाहा नहोला, थुप्रै हिट फिल्म दिने डेनीलाई ब्लकबस्टर फिल्म ‘शोले’ मा गब्बर सिंहको रोल अफर गरिएको थियो । तर उनले उक्त अफरलाई अस्विकार गरिदिए ।
फिल्म रिलिज भएको ४३ वर्षपछि उनले उक्त फिल्म स्विकार नगर्नुको कारण बताए ।
एक भारतीय समाचार एजेन्सीसँगको कुराकानीमा आफू अर्को फिल्ममा आबद्ध भइसकेकाले उक्त फिल्ममा गब्बरको भूमिकालाई गुमाउनु परेको जानकारी दिए ।
उनले भने, ‘शोलेका निर्देशक रमेश सिप्पीले फिल्मका लागि अफर गर्दा मैले ‘धर्मात्मा’ फिल्मका लागि फिरोज खानलाई बचन दिइसकेको थिएँ । फिरोज खानले अफगानिस्तानमा सुटिङको अनुमती पनि लिइसकेका थिए । त्यसकारण सुटिङलाई सार्न पनि सकिँदैनथ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण