कास्कीका एसपी र डीएसपी नै अदालतमा

कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी श्याम ओलिया र डीएसपी वसन्त शर्मा जिल्ला अदालत कास्कीमा आइपुगेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जीको तयारी भएको भनिएको बेला दुई प्रहरी अधिकारी शुक्रबार दिउँसो अदालतमा आइपुगेका हुन् । उनीहरू अदालत आए पनि रवि विरुद्ध पक्राउ पुर्जीका लागि हो या अन्य प्रयोजनका लागि भन्ने खुलेको छैन ।
उनीहरू सञ्चारकर्मीलाई छल्दै अदालत प्रवेश गरेका थिए । उसो त आजै सहकारी ठगी प्रकरणमा यसअघि नै पक्राउ परेका रविका तत्कालीन साझेदार छविलाल जोशीविरुद्ध पनि आजै म्याद थप हुँदै छ ।
असोज ६ मा उनलाई काठमाडौँको बानेश्वरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
अनुसन्धान अधिकृतहरू र सरकारी वकिलले जोशीसँग सुर्यदर्शनको निक्षेप गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेकोबारे लामो बयान लिएका छन् । जोशीसँग ३६ पेज लामो बयान लिइएको अनुसन्धानमा संलग्न कास्कीका एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
उनको बयानसँगै रविलाई समेत पक्राउको तयारी भएको बताइएको छ । तर, हालसम्म पक्राउ पुर्जी भने जारी नभएको अदालतले जनाएको छ ।
यद्यपि रविलाई पक्राउ गर्न लागिएको विषयमा शुक्रबार नै बसेको प्रतिपक्षी दलको बैठकमा समेत छलफल भएको थियो । रविलाई पक्राउ गर्न खोजिए प्रतिवाद गर्ने प्रतिपक्षी दलले चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन