रास्वपाको तडकभडकबारे एमालेको प्रतिक्रिया, 'अनुसन्धानलाई नै प्रभावित गर्ने काम उचित होइन'
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अनुसन्धानलाई प्रभावित गर्ने गरी गतिविधि गर्नु उचित नभएको टिप्पणी गरेका छन् ।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारीको बचत रकम अपचलनको आरोपमा अनुसन्धानका लागि पक्राउ परेको विषयमा रास्वपाले तडकभडक देखाएपछि महासचिव पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले सहकारी प्रकरणमा आरोपित भएका एमालेसम्वद्ध कार्यकर्ताहरु देवकुमार नेपाली र केवी उप्रेतीलाई जिम्मेवारीबाटै हटाएर पार्टीले अनुसन्धानमा सघाएको समेत स्मरण गराएका छन् ।
'अदालतले समेत अनुमति दिएको विषयको अनुसन्धानलाई नै प्रभावित गर्ने काम उचित होइन,' महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् भनेका छन्, 'सहकारी प्रकरणमा आरोपित भएका नेकपा (एमाले) सम्वद्ध कार्यकर्ताहरु देवकुमार नेपाली बागलुङ र केवी उप्रेती काठमाडौंलाई जिम्मेवारीबाट हटाएरै अनुसन्धान प्रक्रियामा सहयोग गरेको थियो ।'
लामिछाने पक्राउ परेपछि रास्वपाले बागमती, गण्डकी र लुम्बिनीमा विरोधमा सामेल हुन आन्तरिक सर्कुलर नै जारी गरेको छ भने लामिछाने पक्राउ परेलगत्तैदेखि सरकारविरुद्ध नाराबाजी भइरहेको छ ।
लामिछानेलाई पोखरालाई लैजानेक्रममा बाटोमा समेत ठाउँ-ठाउँमा रास्वपाका नेता कार्यकर्ताहरूले नाराबाजी गर्दै सरकारले प्रतिसोध राखेर पक्राउ गरेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण