३५ प्रतिशत तलब वृद्धिको अफरमा मतदान गर्दैछन् हडतालमा उत्रिएका बोइङका कर्मचारी
वासिङ्टन डीसी । अमेरिकी यात्रुवाहक विमान निर्माता कम्पनी बोइङका कर्मचारीहरूले कम्पनीले दिएको ३५ प्रतिशत तलब वृद्धिको प्रस्तावमा मतदान गर्दैछन् । उच्च तलब सुविधाको मागसहित एक महिनाभन्दा बढी समयदेखि कम्पनीका हजारौँ कर्मचारी हडतालमा उत्रिएका छन् ।
आगामी बुधवार सियाटलमा ३३ हजार कर्मचारी आबद्ध रहेको कम्पनीको सबैभन्दा ठुलो कर्मचारी सङ्गठनका सदस्यहरूले आगामी चार वर्षको अवधिमा ३५ प्रतिशत तलब बढाउने नयाँ करार प्रस्तावमा मतदान गर्न लागेका हुन् । सेप्टेम्बर १४ देखि यी कर्मचारीहरू हडतालमा छन् । यसका कारण कम्पनीको ७३७ म्याक्सको साथै ७६७ र ७७७ विमानको निर्माता ठप्प भएको छ ।
कर्मचारीहरू हडतालरत रहँदा कम्पनीको बटम लाइन प्रभावित भएको छ । गएको हप्ताको सुरुमा कम्पनीले अतिरिक्त ३५ अर्ब डलर पुँजी जुटाउन खोजेको थियो । नोभेम्बरमा कूल कार्यबलको १७ हजार अर्थात् १० प्रतिशत जति कर्मचारीलाई कामबाट निकाल्नु पर्ने पनि बताएको थियो ।
‘यो करारको भविष्य तपाईंहरूकै हातमा छ,’ कर्मचारी सङ्गठनले आफू सम्बद्ध कर्मचारीलाई शनिवार भनेको थियो । यस अघि सङ्गठनका सदस्यहरूले महँगिएको जीवनयापन खर्च धान्न नसक्ने भन्दै तलबमा ३५ प्रतिशतको वृद्धि गर्ने प्रस्ताव बहुमतले अस्वीकार गरेका थिए ।
उनीहरूको माग ४० प्रतिशतको वृद्धि थियो भने सेवा निवृत्ति पछिको लाभ पुनः स्थापित गर्न पनि उनीहरूको माग थियो । यो अफर स्वीकार गरे भने कर्मचारीहरू अतिरिक्त ७ हजार डलर बोनस पनि पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण