विश्व स्वास्थ्य संगठनद्वारा इजिप्टलाई औलोमुक्त घोषणा
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इजिप्टलाई औलोमुक्त घोषणा गरेको छ । यो उपलब्धिलाई डब्ल्यूएचओले ‘साँच्चिकै ऐतिहासिक’ र रोग निर्मूल पार्न करिब एक शताब्दी लामो कामको परिणाम भनेको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भने, 'औलो इजिप्टको सभ्यता जत्तिकै पुरानो हो, अब यो रोग इजिप्टको इतिहास बनेको छ। इजिप्ट औलोमुक्त रहिरहनेछ।'
उनले भने, 'इजिप्टलाई औलोमुत्त को रूपमा यो प्रमाणीकरण वास्तवमै ऐतिहासिक छ, र यो प्राचीन सङ्कटबाट आफूलाई मुक्त गर्न इजिप्टका जनता र सरकारको प्रतिबद्धताको प्रमाण हो।'
विश्वका ४४ देश र एउटा क्षेत्र औलोमुक्त घोषणा भइसकेका छन् । एनोफिलीज लामखुट्टेको टोकाइबाट हुने औलोको संक्रमणको शृङ्खला विगत तीन वर्षदेखि देशव्यापी रूपमा अवरुद्ध भएको कुरा कुनै देशले प्रमाणित गरेपछि डब्लुएचओले प्रमाणीकरण प्रदान गर्छ।
औलोमुक्त घोषणाका लागि कुनै पनि देशले पुनः सङ्क्रमणको सम्भावना रोक्न क्षमता पनि प्रदर्शन गर्नुपर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार औलोका कारण हरेक वर्ष छ लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ, जसमध्ये ९५ प्रतिशत अफ्रिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण