चेल्सीलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा
सोमबार, ०५ कात्तिक २०८१, ०६ : ४२
एनफिल्ड । घरेलु मैदानमा चेल्सीलाई हराउँदै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा टोली २–१ गोलले विजयी बनेको हो ।
खेलको २९ औँ मिनेटमा मोहम्मद शालाहले पेनाल्टीमार्फत लिभरपुललाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै निकोलस ज्याक्सनले चेल्सीका लागि बराबरी गोल फर्काए ।
३ मिनेटपछि नै शालाहले कर्टिस जोन्सका लागि गोलको अवसर सिर्जना गर्दै टोलीलाई अग्रता दिलाए । योसँगै सुरुवात ११ खेलमध्ये १० खेल जित्ने अर्ने स्लट लिभरपुलका पहिलो म्यानेजर बनेका छन् ।
८ खेलबाट लिभरपुलको २१ अङ्क पुगेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० अङ्क छ । चेल्सी भने १४ अङ्कसहित छैटौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण