नेसपाको केन्द्रीय समिति १५१ जना, पदाधिकारी १७ सदस्यीय रहने
काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बढीमा १५१ सदस्यीय हुने प्रस्ताव गरिएको छ । सोमबारदेखि पोखरामा सुरु हुने प्रथम विधान अधिवेशनमा पेस हुने मस्यौदामा केन्द्रीय समिति १५१ सदस्यीय राख्ने प्रस्ताव गरिएको हो ।
मस्यौदाको धारा ५ को उपधारा १ बमोजिम १३ सदस्यीय पदाधिकारी रहने उल्लेख छ । जसमा एक जना अध्यक्ष, पाँच जना उपाध्यक्ष, एक जना महासचिव, उपमहासचिव दुई, सात जना सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।
नेसपाको सङ्गठनात्मक स्वरूप र संरचना अन्तर्गत पार्टीको सर्वोच्च निकाय राष्ट्रिय महाधिवेशन रहनेछ । यस्तै सङ्घीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय विज्ञ परिषद्, केन्द्रीय अनुशासन तथा सदाचार आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा आयोग र विभागहरू रहनेछ । (-पदाधिकारी १७ सदस्यीय हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । -सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण