लेबनानमा रातभर भएको हवाई हमलाबारे इजरायलका विदेशमन्त्रीले के भने ?
सोमबार, ०५ कात्तिक २०८१, १४ : ४३
तेल अभिभ । इजरायलले रातारात लेबनानमाथि व्यापक हवाई आक्रमण गरेको छ । इजरायली विदेशमन्त्री इजरायल काट्जले लेबनानमाथि रातभर हवाई आक्रमण गरेको बताएका हुन् ।
यी आक्रमणहरूमा हिजबुल्लाहका आर्थिक लक्ष्यहरूलाई निशाना बनाइएको भनेर विदेशमन्त्री काट्जले भनेका छन् ।
‘बेरुतमा १५ वटा भवनलाई निशाना बनाइएको छ र यसअघि मानिसहरूलाई यी स्थानहरू खाली गर्न चेतावनी दिइएको थियो ,’ सामाजिक सञ्जाल प्लेटफर्ममा एक पोस्टमा काट्जले लेखेका छन्, ‘हिजबुल्लाहले उत्तरी इजरायलमा गरेको रकेट आक्रमणको ठुलो मूल्य चुकाउनु परेको छ, अगाडि पनि चुकाउनु पर्नेछ ।’ इरानले समर्थन गरेको यो समूहलाई नष्ट नगरेसम्म आफूहरूले आक्रमण जारी राख्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण