ट्रम्पलाई जिताउन पैसाको खोलो बगाउँदैछन् एलन मस्क
काठमाडौँ । अमेरिकाको राष्ट्रपति चुनाव लडिरहेका डोनाल्ड ट्रम्पलाई जिताउन विश्वकै धनीमध्येका एक उद्योगपति इलन मस्कले पैसाको खोलो बगाइरहेका छन् ।
गएको तीन महिनामा मात्रै इलनले ट्रम्पका लागि ७५ मिलियन अमेरिकी डलर अर्थात् करिब १० अर्ब रुपैयाँ चन्दा सहयोग गरिसकेका छन्।
इलनले ट्रम्पलाई जिताउन अब चुनावको दिनसम्म हरेक दिन एकजना मतदातालाई १० लाख डलर पुरस्कार दिने घोषणा नै गरेका छन् ।
अभिव्यक्ति स्वतन्त्रता र हतियार राख्न पाउने विषयमा उनले गठन गरेको राजनीतिक पहल समिति (सुपर प्याक) ले तयार गरेको याचिकामा हस्ताक्षर गर्नेमध्ये एक व्यक्तिलाई १० लाख डलर दिने इलनको घोषणा छ ।
मतदाता दर्ता प्रक्रियालाई इनामसँग जोड्ने उनको यो घोषणा संघीय निर्वाचन कानुनविपरित भएको भन्दै यसमा नीतिगत प्रश्न उठिरहेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
शनिबार पेल्सलभेनियामा आयोजति र्यालीमा ट्र्म्पले इनामबारे बताउँदै जन ड्रेर नामक व्यक्तिलाई १० लाख डलर पुरस्कार दिएका समेत थिए । निर्वाचनसम्बन्धी जानकार अभिवक्ता रिक हानसेनले इलनको यो कदम स्पष्ट रूपमा गैरकानुनी भएको दाबी गर्छन् । पेल्सलभेनियाका डेमोक्र्याट गभर्नर जस शपिरोले पनि मस्कलाई आफ्ना विचार राख्न पाउने अधिकार भएको तर राजनीतिमा यस्तो प्रकारले पैसा खन्याउँदा त्यसले गम्भिर प्रश्न उठिरहेको धारणा राख्छन् ।
मस्कले अघिल्लो साता अमेरिकी निर्वाचन आयोगलाई बुझाएको आर्थिक प्रतिवेदनमा उनले ट्रम्पका लागि ७५ मिलियन डलर दिएको विवरण बाहिरिएको थियो । विशेषत: मतपरिणाम जता पनि ढल्कन सक्ने स्विङ स्टेटहरूमा इलनले आफ्नो सुपर प्याकमार्फत ट्रम्पको प्रचारका लागि लाखौं डलर खर्च गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण