भिस्तारा एयरमा बम भेटिएन, दिल्लीबाटै आएको थियो सूचना
काठमाडौँ । दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भिस्तारा एयरमा बम राखेको सूचना गलत पुष्टि भएको छ ।
भिस्तारा एयर–१५५ मा चेकजाँच गर्दा विस्फोटक पदार्थ नभेटिएको उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘अहिलेसम्म त्यस्तो फेला परेन, एकपटक फेरि तालिम प्राप्त कुकुर परिचालन गरेर चेकजाँच गर्दैछौँ ।’
विमानमा सवार १५७ यात्रुले चेकजाँच पछि आफ्नो ब्यागेज जिम्मा लिएका छन् । दिल्लीबाट उडेको विमान दिउँसो ४ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । अवतरण हुनुअघि नै विमानको सुरक्षा हेर्ने जिम्मेवारी व्यक्तिले बम राखिएको सूचना दिएपछि आइकाओको मापदण्ड अनुसार सर्च गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले रातोपाटीलाई बताए । उनले भने, ‘सूचना दिल्लीबाट नै विमान कम्पनीमा आएको रहेछ, सर्च गर्दा त्यस्तो केही भेटिएन ।’
सर्च अपरेसन पुरा भएसँगै सो विमान दिल्लीतर्फ फर्किन लागेको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण